जुम्ला । जुम्लाका किसानहरुका वगैँचामा स्याउ पाक्छ थालेका छन् । स्याउ पाक्न थालेपछि त्यहाँका किसानहरुले टिप्न शुरु गरेका छन् । साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न शुरु गरेका हुन् ।

जिल्लाको तिला गाउँपालिकाबाट किसानले स्याउ टिप्न थालेका छन् । तिला गाउँपालिकाको नदी क्षेत्रको स्याउ बगैँचाबाट टिप्न शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ । किसानले बगैँचामै स्याउ व्यापारीसँग समन्वय गरेर स्याउ टिप्न शुरु गरेका हुन् ।

यस पटकको जुम्लाको स्याउ भने निकै राम्रो भएको किसानले दाबी गरेका छन् । यस वर्ष जुम्लामा स्याउ कति उत्पादन हुने भन्ने विषयमा एक हप्तामा अनुमान गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले बताए । जुम्लामा करीव एक हजार हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ ।