काठमाडौं । जल तथा मौसम पूर्वानुमान् महाशाखाले आज बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँमा आज दिउँसो ठूलो पानी परेको सम्भावना रहेको बताएको छ ।
पछिल्लो ६ घण्टामा यी प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको र अझ भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो एक घण्टामा भने बागमती प्रदेशमा वर्षा कम भएर गण्डकी, लुम्बिनी हुँदै पश्चिम तराईमा पानी परिरहेको छ । ठूलो पानी परेसँगै विभिन्न नदी तथा खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाले सूचना निकालेर काठमाण्डौ उपत्यकाका नदीसहित दैलेख, प्यूठान, कपिलवस्तु, गोरखा, पाल्पा, सिन्धुपाल्चोकका जिल्लामा रहेका साना तथा ठूला नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।