काठमाडौं । दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि नेपालमा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दैछन् ।

खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ ।