रोल्पा । रोल्पामा पहिरोले घर भत्किँदा एक जनाको ज्यान गएको छ । आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका–२ मूल पानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेका रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको ज्यान भएको हो ।
लगातारको वर्षापछिको पहिरोले निर्माणाधीन मण्डली भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
पहिरोमा परी पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही मण्डलीमा बस्ने १८ वर्षीया नौभा घर्ती मगर घाइते भएका छन् । उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको छ ।
