इन्द्रेणी संवाददाता
दाङ । राप्ती नदीमा दाउरा निकाल्न गएका राप्ती गाउँपालिका ३ खुरुरिया बस्ने १३ वर्षका सुधन चौधरीको उद्धार गरिएको छ । उनी फसेको खबर पाएपछि भालुवाङबाट गएको नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी ज्वालामाइ गण भालुवाङबाट गएको प्रहरीको टोलीले उनको उद्धार गरेको हो ।
सोही स्थानको झोलुङ्गे पुलबाट डोरी लगाएर दाउरा तान्न गएका चौधरी नदीमा खसेर फसेका थिए । साढे ३ बजेतिर फसेका उनलाई एक घण्टापछि सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी उपरीक्षक रामप्रसाद तिमिल्सेनाले बताएका छन् । लगातारको वर्षातका कारण नदीमा बाढी आएको थियो ।
