काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश तीर्थराज केसीको एकल इजलासले आइतबार झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

झाविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्त्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।