काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताएका छन् ।
नेपाल खेलकुद महासङ्घको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक प्रबन्धलाई मानेर नै समाज अघि बढ्ने बताउदै भने, ‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ ।’
नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताए ।संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीले जोड दिए । ‘‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन’’, ओलीले भने ।
