काठमाडौँ । आज पनि कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशभर साधारणतया मौसम बदली रहेको जनाएको र केही प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आज सबै प्रदेशका केही-केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधवार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।











