इन्द्रेणी संवाददाता
दाङ । दाङमा सर्पको टोकाइबाट एक जना बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँकी ६ वर्षकी इन्दु चौधरीको सर्पको टोकाइबाट ज्यान गएको हो ।

मंगलवार राति करीव १ बजेतिर घरमै सुतिरहेको वेला आमा २५ वर्षकी आस्मा चौधरी र छोरी इन्दुलाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएकी आमा छोरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र उपचारका क्रममा छोरी इन्दुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमाको बाँया हातमा र छोरीको टाउकोमा सर्पले टोकेको थियो । आमाको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।