एजेन्सी । विद्यार्थी आन्दोलनका कारण पदबाट राजीनामा दिएर देश छोडेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ ।

गत महिना नागरिक आन्दोलनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान शुरू गरेको छ ।

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन्। अहिले पनि उनी भारतमै छन् । प्रदर्शनमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए ।