नवलपुर । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । मङ्गलबार राती लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
दाउन्नेमा भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान पौने बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिएका छन् । बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
