काठमाडौँ, ११ असार ः संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेका प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै सांसदहरु । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक  पेस भएको छ। बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले विधेयक पेस गरेकी हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्न सभामुख देवराज घिमिरेले अनुमति दिएका थिए। अनुमति दिएपछि सुवेदीले विधेयक टेबल गरेकी हुन्। साउन २४ गते समितिबाट सर्वसम्मतिले पारित भएको थियो।