इन्द्रेणी संवाददाता
दाङमा सोवार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही ८ असानीमा रा ३ प ७११४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाँके कोहलपुर १० बस्ने पुष्कर बहादुर सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सुनारको उपचारका क्रममा लमहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
