दाङ । दाङमा एक जनाले फलामको रडले हानेर आफ्नै श्रीमानको हत्या गरेका छन् । राजपुर गाउँपालिका वडा नं. १ रसरी खोला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरी ३७ वर्षीया श्रीमती वसन्ती घर्तीको हत्या गरेका हुन् ।

आइतबार राति खाना खाएर दुबै जना कोठामा सुत्न गएका थिए । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको अवस्थामा सोही कोठाबाट गणेशलाई रडसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सेनाले बताएका छन् ।