दाङ । दाङको लमहीमा गुडिरहेको एउटा ट्रकमा आगो लागेको छ । सडकमा गुडरहेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको रित्तोे ट्रकमा आँफै आगो लागेको चालकले बताएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका वडा नम्बर ९ चाउखोला नजिकको जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगो लागेको हो । आगोबाट ट्रक जलेर जष्ट भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।