जाजरकोट,३ वैसाख ।
जाजरकोटको भेरीमालिका नगरपालीका ११ खोदेखोला सडक खण्डमा मालवाहक ट्रक दुर्घटना हुदा ६ जना घाईते भएका छन् । ना. ३ ख.८६७१ नम्वरको ट्रक लोड सामान सहित सुर्खेतको राकम देखी जाजरकोट जिल्ला सदरमुकाम तिर आउदै गर्दा खोदेखोलामा दुर्घना भएको हो ।
ट्रक दुर्घनामा परी घाईते हुनेहरुमा कैलाली गोदावरी घर भई हाल बाँकेको कोहलपपूर पिपलचौतारा डेरा गरी वस्ने वर्ष २५ का ट्रक चालक लोक बहादुर थापा, रुकुम जिल्ला चौरजहारी नगरपालिका ११ वस्ने वर्ष २८ की रुपा शाही (हमाल), वर्ष २९ का सुनिल कुमार शाही, वर्ष ७ की रोशनी शाही, वर्ष ५५ का लक्ष्मी थापा र जाजरकोट भेरीमालिका नगरपालीका १० का वर्ष १६ का राम बहादुर खत्री रहेको नेपाल प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाईतेहरुको तत्काल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको प्रहरीले वताएको छ ।।
