दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुसार राति ९.२६ बजे क्यूशू द्वीपको कुमामोटो शहरको पूर्वमा भूकम्प गएको हो । जापानको मौसम विभागका अनुसार भूकम्प ६.५ रेक्टर स्केलको थियो ।
त्यसको ४० मिनेटपछि नै ५.७ रेक्टरको अर्को भूकम्प गएको छ ।भूकम्पका कारण घरहरु भत्किएका छन् भने विद्युत र ग्यासको आपूर्ति बन्द भएको छ । प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको छ र उद्धार कार्य अहिले पनि जारी छ ।
भग्नावशेषहरूमा अझै मानिस रहेको हुनसक्ने अधिकारीहरूको आशंका छ । त्यस क्षेत्रमा अहिले पनि सानो सानो पराकम्प गइरहेको छ, जसका कारण मानिसहरु डरले खुला क्षेत्रमा बसेका छन् ।।