दाङ, ३ बैशाख ।
देउखुरीको राजपुर गाविस ४ सिमलखुट्टीमा हिजो ७ वटा घरगोठमा आगलागी हुदा झण्डै १३ लाख वरावरको क्षति भएको छ । स्थानीय नरेन्द्र भण्डारीका अनुसार काजोल सामुदायिक वन उपभोक्ता समुहमा लागेको डढेलो वस्तीमा सोझिएको थियो ।
aaglagiआगलागी हुदा राममायाँ घर्ती, निरज घर्ती, आश बहादुर घर्ती र ओविराम घर्तीको घर गोठ जलेर खरानी हुँदा १३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । स्थानीय वासिन्दा, सामुदायीक वनका उपभोक्ता, प्रहरी लगाएतको सकृयतामा आगो नियन्त्रणमा लिइएको हो । आगोले ४० वटा वाख्रा समेत जलेर मरेको वताइएको छ ।

यस अघि चैत २९ गते गंगापरस्पुर गाविसको वडा नम्बर ८ को वाँकी र वडा नम्बर ६ खज्रौटा गाउँमा भिषण आगलागी हुदा ५३ ब्यक्तिको ६६ घर, ४५ गोठ र १६ भान्साघरमा आगो लाग्दा एक करोड ३० लाख ७५ हजार रुपैयाँको क्षती भएको थियो ।

यस्तै चैत २८ गते राजपुरको खिड्की नाकामा आगो लाग्दा १२ घर गोठ जलेर खरानी भएको थियो । फागुन ६ गते राजपुरको फोहरा गाउँमा आगलागी हुदा ५ घर परिवार पूर्णरुपमा विस्थापीत भएका थिए । देउखुरीमा यो गर्मि मौसममा सतवरीया, लालमटीया गाविसमा समेत आगलागीका घटना भएका छन् ।।