दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा१ अर्ब बढीकोआर्थिक कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलिपल्ट साउन १ गते मंगलबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिकवार्षिक प्रगतिप्रतिवेदनअनुसार गतआर्थिक वर्ष २०८०/०८१मा संस्थाले १ अर्ब ३२ करोड ३६ लाख १२ हजार २ सय ८४ रूपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा चरम आर्थिक मन्दी हुँदाहुँदै पनि संस्थाले सबै सूचकहरूमा सकारात्मक प्रगति गरेको छ ।
कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ५१लाखबढी रूपैयाँ मुनाफा आर्जन गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । संस्थाले बचत संकलनमा समेत अघिल्लो आर्थिक वर्ष भन्दा१५प्रतिशतले वृद्धि गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७९/०८०भन्दागतआर्थिक बर्षमा १ करोड ८३ लाख ६४ हजार १ सय ८९ रूपैयाँबढी बचत संकलनगरी १४ करोड २ लाख ५६ हजार ९ सय ७१ रूपैयाँ बचत संकलन गरेको हो । संस्थाले गत आर्थिक वर्षमा १० करोड बढी रूपैयाँ ऋण लगानी गरेको छ ।
कलश सहकारीले पछिल्लो एक वर्षमा १३ प्रतिशतले वासलातमा समेत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा १५ करोड १४ लाख २२ हजार ४ सय १४ रूपैयाँ वासलात रहेकोमा गत आर्थिक वर्षमा त्यो बढेर १७ करोड १४ लाख ३६ हजार ८ सय १५ रूपैयाँ पुगेको कोषाध्यक्ष नवराज भण्डारीले जनाए ।
घोराही उपमहानगरपालिका वडा नं. १३ देखि १८ सम्मकार्यक्षेत्र रहेको कलश बचत तथा ऋण सहकारी संस्थामागतआर्थिक वर्षमा १४प्रतिशत बढी शेयर सदस्य वृद्धि भएका छन् । आर्थिक वर्ष २०७९/०८०मा१ हजार १३जना शेयर सदस्य रहेकोमा गत आर्थिक वर्षमा१ हजार १ सय ५७जना शेयर सदस्य पुगेको संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जनाए ।
अधिकांश युवाहरूको सक्रियतामा संचालन भइरहेको संस्थाले आफ्ना शेयर सदस्यहरूलाई युवा स्वरोजगार कोषको सहुलिएत ऋण, व्यवसायगर्न चाहने सदस्यहरूलाई सहुलियत दरमा ऋण उपलव्ध गराउँदै आएको छ । साथै विभिन्न दैविप्रकोपहरूबाट पिडित सदस्यहरूलाई राहतप्रदान,विभिन्न सामुदायिक विद्यालयतथा संस्कृत पाठ्शालामा अक्षयकोष स्थापना,सदस्यहरूलाई दिर्घ रोगहरूको उपचार गर्नका लागि बिनाब्याज ऋण प्रदान,विकास बैंकहरूले प्रदानगर्ने सुविधा सरहको किस्ता वन्दीमा ऋण उपलव्धगराई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि युवाहरूलाई तालिमत थागोष्ठिका माध्यमबाट शशक्तिकरण गर्ने गरेको छ ।
