जुम्ला। जुम्लाको कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा १४ भेडा मरेका हुन् ।

स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । स्थानीय १७ वर्षीय निराजन शाही भने सामान्य घाइते छन् । आज भोलि लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखालगायत पशुहरु लैजाने गर्दछन् ।