इन्द्रेणी संवाददाता
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणा देउवा परराष्ट्र मन्त्री भएकी छन् । काग्रेस सभापति शेर बहादुर देउवाकी जीवन संगिनीसमेत रहेकी आरजू आज मन्त्रीमा नियुक्त भएकी हुन् ।
काग्रेस एमालेको गठबन्धनबाट बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आरजू मन्त्री बनेकी हुन् । नेपाली नागरिकलाई भुनानी शरनार्थी बनाएर विदेश पठाएको प्रकरणमा उनको नाम पनि चर्चामा थियो । उक्त प्रकरणमा नाम मुछिकी उनी परराष्टमन्त्री भएपनि यो प्रकरण अब के हुन्छ भन्ने बारेमा विभिन्न अट्कलबाजी गर्न थालिएको छ ।











