काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरे ।
त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदको शालिकमा माल्यार्पण गरेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । काग्रेस र एमालेको नयाँ गठबन्धनबाट प्रधानमन्त्री भएका आलीले आजै मन्त्रीमण्डल समेत विस्तार गरेका छन् ।
यस्ता छन् ओलीका सहयात्रीहरु
