
इन्द्रेणी संवाददाता
चितवन । असार २८ गते विहान पहिरोले बगाएका बस अहिलेसम्म पनि पत्ता नलाग्दा आज आइतबारदेखि ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने खोजी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।
पहिरोले बस खसेको त्रिशुली नदीको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताएका छन् ।
असार २८ गते विहान करीव साढे ३ बजेतिर काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–०११ ख २४९४ जबमरको गणपति यातायातको बस र विरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–०६६ ख १५१६ नम्बरको बस पहिरोले बगाएर त्रिशुली नदीमा वेपत्ता बनाएको थियो । त्यसमा सवार ५० भन्दा बढी यात्रुहरुको भएको बताइएको छ ।
