इन्द्रेणी संवाददाता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा आज शुक्रबार विश्वासको मत लिँदै छन् ।
सत्ता साझेदार दल नेकपा एमाले लगायत दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भइसकेको छ । यी दुई दलले आफ्ना संसदलाई दाहाललाई विश्वासको मत नदिन समत ह्पी जारी गरिसकेका छन् । नियुक्त भएको डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभा बैठक विहान ११ बजे बस्दैछ ।
प्रचण्डले विश्वासको मत पाउँछन् कि पाउदैनन् त्यो हेर्न बाँकी छ । एमाले र काग्रेसबीच भएको सहमतिमा पहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । तर प्रचण्डले विश्वासको मत नपाए राष्ट्रपतिले संविधानको धारा ७६ (२) वा धारा ७६ (३) कुन बाट सरकार बनाउन आह्वना गर्दछन् त्यो पनि हेर्न बाँकी छ । यदि राष्ट्रपतिले धारा ७६ (३) बाट सरकार बनाउन आह्वान गरेमा सरकारको नेतृत्व काग्रेसको हातमा पर्ने देखिन्छ । धारा ७६ (३) मा संसदको ठूलो दलले सरकार बनाउनुपर्ने व्यवस्था छ ।
