पोखरा। कास्की पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र सेना सहितको संयुक्त टोली उद्दारमा खटेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
यसैबीच म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिदा घरभित्र सुतेका घरधनी अन्दाजी ५१ वर्षका तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको ज्यान गएको हो ।
