इन्द्रेणी संवाददाता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन सकेनन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रचण्डले जम्मा ६३ मत पाए । उनको विपक्ष अर्थात हुन्न भन्ने पक्षमा १९४ मत परेको थियो । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पाए । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।