नेकपा एमालेले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई २५ हजार आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालयको आज बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई प्राकृतिक विपत्ति राहत कोषबाट यो रकम दिने निर्णय गरेको हो ।DSC01623

एमालेले केन्द्रीय पदाधिकारी र सदस्य, सांसद र पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति लिएकाहरुबाट प्राकृतिक विपत्ति राहत कोषमा ५ हजारका दरले रकम जम्मा गर्ने निर्णय गरेको छ । साथैएमालेले सबैलाई सहयोगका लागि अपील समेत गरेको छ । एमालेले बाढी पहिरोबाट विस्थापित भएकाहरुका पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।