बर्दिया, १४ साउन ।  पछिल्लो गणना अनुसार बर्दियामा नयाँ २९ डमरुसहित बाघको सख्या ८५ पुगेको छ । चोरी सिकारी, बासस्थान विनास तथा आहारा र पानीको कमीका कारण संसारबाटै बाघको संख्या घट्दै गएको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो सन् २०१६ को गणनामा २५ बाट बढेर बाघको सख्या ८५ पुगेको छ । सन् २०१३ मा गरिएको बाघ गणनामा बाघको संख्या १६ भाले र ३४ पोथी गरी ५० वटा वयस्क पाटे बाघ रहेका थिए ।

Tiger

२०७२ माघ ६ गतेदेखि सुरू गरेर ७२ दिनसम्म क्यामरा ट्रयापिङ प्रविधिबाट गरिएको बाघ गणनाको संख्या बाघ दिवसको अवसर पारी आज सार्वजनिक गरिएको छ । गणनामा वयस्क बाघ ५०, अर्धवयस्क बाघ ६ र बच्चा(डमरु) २९ वटा गरी ८५ वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।।