दाङ १४ साउन । तीन दिन पहिले परेको अबिरल बर्षापछि आएको बाढी र पहिरोमा परि राप्तीमा ४१ जनाको मृत्युभएको छ । बाढिमा प्युठानमा ३६, रोल्पामा ५ र दाङमा १ जनाको मृत्यू भएको छ । बाढिमा परी अझै प्युठानमा ४ जना बेपत्ता र ३ जना घाईते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
