घोराही, साउन । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ दाङले जिल्लास्तरिय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । संघको आज घोराहीमा बसेको जिल्ला सचिवालयको बैठकले यहि साउनको २१ गते देखि तीन दिनसम्म प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो ।

akhil-nepal-mahila-sanga-765x510जिल्ला अध्यक्ष मिना गुरुङको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठकले प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले तालिमका लागि बिषयवस्तु तयार पार्नका लागि एमाले दाङ जिल्ला कमिटीसंग समन्वय गर्ने निर्णय गरेको कार्यालय सचिव सुनिता विएमले जानकारी दिनुभयो ।।