काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
कांग्रेसले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिदै प्रचण्डलाई विश्वासको मत नदिन भनेको छ । सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।
नेकपा एमालेले पनि हिजो नै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ। प्रचण्डले भोलि असार २८ गते संसदबाट विश्वासको मत लिने कार्यसूची छ।
