काठमाडौं । नेपालमा मनसुनको सक्रियतामा कमी आई वर्षाको मात्रा केही कम हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। मनसुन न्यूनचापीय रेखा सोमबारदेखि क्रमशः दक्षिणतिर सर्दै जाने भएकाले मनसुनको सक्रियतामा कमी आउन लागेको हो ।

तर केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहने वर्षा हुने महाशाखाले जनाएको छ । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सोमबार बागमती र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिलेहल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ। दिउँसो र बेलुकी सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।