सप्तरी । लगातारको अविर वर्षातका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि सबै ५६ वटा ढोका खोलिएको छ ।
बिहान ४६ वटा ढोका खोलिएकोमिा अहिले ५६ वटै ढोका खालिएको छ । कोशी ब्यारेजमा आज बिहान पछिल्लो पटक तीन लाख ४२ हजार क्यूसेक पानी मापन गरिएको छ ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोधसमेत गरिएको छ ।
