इन्द्रेणी संवाददाता
दाङ । राप्ती नदीमा आएको बाढी गाउँमा पस्दा देउखुरी क्षेत्रका करीव दुई सय घर डुवानमा परेका छन् । अविरल वर्षातका कारण शनिवार आएको बाढी गाउँमा पस्दा घरहरु डुवानमा परेका हुन् ।
बाढी गाउँमा पस्दा लमही नगरपालिका वडा नं. ८ धमपुरुवा गाउँका झण्डै २७, बग्रपुरका ६०, गिधनियाका ५०, फचकपुरका ५० घर डुवानमा परेका छन् । घरहरु डुवानमा परेपछि प्रहरीले त्यहाँका करीव ७० जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अमिलियाले १६ जना सशस्त्र प्रहरी १९ नम्बर गण ज्वालामाइ भालसवाङले २१ जना र सशस्त्र प्रहरीकै रिजर्व गण अर्जुनखोलाले ३२ जना उद्धार गरेको प्रहरीले जनाएको छ ।
वर्षेनी वर्षातको समयमा देउखुरी क्षेत्रमा डुवान हुने गर्दछ । पानीको सही निकास नहुँदा र स्थानीयले ख्याल नगरी गहिरो ठाउँमा घर बनाउदा डुवानको समस्या हुने गरेको छ ।
