तुलसीपुर । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले कानूनको क्षेत्रमा धेरै सम्भावना रहेको बताउँदै कानूनका विद्यार्थीहरुले समाजलाई पनि कानूनी हिसाबले सुसूचित पार्नुपर्ने बताए ।
तुलसीपुर मेट्रो कलेजमा कानून अध्ययनरत विद्यार्थीहरुसँगको अन्त्क्रियमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री खत्रीलेसंघीयताको कार्यान्वयन सँगै देशैभर कानूनको जनशक्ति आवश्यक परेको बताउँदै कतिपय सरकारहरुले कानूनको अभावमा काम गर्न नसकेको समेत बताए । ‘कानून बिना केही पनि काम गर्न सकिदैन, सरकारले गर्ने कामको मुल आधार भनेको कानून नै हो ’ मन्त्री खत्रीले बताए ।
विद्यार्थीहरुलाई उत्प्रेरित गर्दै मन्त्री खत्रीले नेपालमा केही पनि भएन, केही राम्रो छैन भन्ने खालको भाष्य निर्माण हुँदै जानु दुखद भएको बताए । ‘हामीले नेपालमै केही गरेका व्यक्तिहरुलाई उत्प्रेरक मान्न छाडेका छौ, विदेश जानेलाई मात्रै हामीले पछ्याउने कुरालाई हामीलाई विदेश नै जानुपर्ने वाध्यता बनाइरहेको छ ’ मन्त्री खत्रीले भने ।
तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउँदै मन्त्री खत्रीले यसलाई प्रदेश सरकारले नमुना कलेजका रुपमा स्थापना गर्ने समेत बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सबैको पहुँचमा प्राविधिक शिक्षा पुर्याउनका लागि स्थानीय सरकारको पहलकदमीमा कलेज स्थापना गरिएको पनि बताए । उनले कलेजले विभिन्न खालका प्राविधिक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको पनि जानकारी दिए ।
‘
