स्याङ्जा । अविरल वर्षातका कारण आएको पहिरोले फेदी खोला गाउँपालिका ५ बाँगेमा घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
ढुङ्गा माटो र टिनले छाएको एक तले घर गोठँको २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र निजकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो । घर नजिकै रहेको गोठमा रहेको एक भैँसीको समेत मृत्यु भएको छ ।
