इन्द्रेणी संवाददाता
गुल्मी । अविरल वर्षातका कारण आएको पहिरोले गुल्मीमा एकै परिवारका पाँच जना पुरिएका छन् । तीन जनाको शव भने भेटिएको छ ।
मालिका गाउँपालिका ६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिदा वर्ष ५६ का भेषबहादुरसहित उनकी श्रीमती बर्ष ४७ की सुन्तली बिक, बुहारी बर्ष ३० की सिता बिक, नातीनीहरु बर्ष ७ की सपना विक र बर्ष २ की विपना बिक पुरिका हुन् ।
पुरिएका मध्य भेषबहादुर, विक, बुहारी सिता बिक र सपना विकको शव भेटिएको छ । सुन्तली बिक र बिपना विकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिए । पहिरोले पुरिएकाहरुको खोजीका लागि इस्मा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ । गएराति घरमाथिबाट पहिरो आएको थियो ।
