काठमाडौं । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। खेलमा नेपालविरुद्ध बंगलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो।
बंगलादेशका लागि शाकिब अल हसनले १७ रन, महमुदुल्लाह र रिशाद हुसेनले १३र१३ रन, जाकिर अली र तस्किन अहमदले १२र१२ रन, तौहिद हृदयले ९ रन, नाजमुल हसिन सान्तोले ४ रन, नान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले ३र३ रनको योगदान गरे। तान्जिद हसन शून्य रनमै आउट भए। अहिले खेल भइरहेको छ । अहिले नेपाल व्याटिङमा उत्रिएको छ ।
