काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने टी २० आईमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
नेपालका पुर्वकप्तान एवम् लेगस्पिनर लामछिानेले आईसीसी टी २० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा आज सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका हुन्।
उनले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए।
