काठमाडौँ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ृइदुल जोहो । यो पर्व मुस्लिम धर्मावलम्बीले देशभरका मस्जिदमा भव्य मनाइँदै छन् ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
