दाङ , १४ साउन । देउखुरीका बाढि पिडितलाई राहत बितरण गरिएको छ । मंगलबारको बाढीबाट प्रभावित र ज्यान गुमाएका परिवारलाई जिल्ला दैविप्रकोप उद्धार समिति दाङले राहत बितरण गरिएको हो ।

rahatt4-660x330
फाइल तस्वीर

यहि साउन ११ गते बेलुका बाढीमा परेर मृत्यु भएका गंगापरस्पुर ९ तकियापुरका खगुराम चौधरीका परिवारलाई २५ हजार रुपैयाँ समितिको तर्फबाट प्रदान गरिएको हो ।

त्यस्तै बाढिले पुर्ण रुपमा घर भत्कीएका बेला २ कटबेरुवा निबासी हिरा सार्की, तिलक सार्की, धन बहादुर बिक र दिल बहादुर सार्कीका परिवारलाई ५ /५ हजारका दरका दरले राहत बितरण गरिएको हो । त्यस्तै सोही ठाउँ निबासी नारायण सार्की, गोमा सार्की, बल बहादुर बिक र कमल महरालाई २ हजार रुपैयाँका दरले राहत बितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंह आज देउखुरीमा पुगेर पिडितहरुलाई आर्थीक सहयोग गर्नुभएको हो । बेला कठबेरुवाका ८ घरमा बाढी पसेर घर भत्कदा ४६ जना सदस्यहरु आफन्तको घरमा आश्रय लिएर बसेका छन् । बाढीको प्रभाबले देउखुरीका २ सय ७६ घरलाई असर गरेको छ ।।