दाङ , १४ साउन । अबैद्यरुपमा म्यानपावर संचालन गरेको अभियोगमा परेका परेका दाङका तीन जना म्यानपावर ब्यबसायी धरौटीमा रिहा भएका छन् । केही दिन अगाडि पक्राउ परेका खोजी रिक्रुटमेन्टका सौडियार १ बस्ने नारायणबहादुर अधिकारी, मानपुर ५ का दिवाकर पाण्डे र द रिभर ओभरसिज घोराही ११ का चन्द्रबहादुर घर्तीलाई आज धरौटीमा रिहा गरेको हो ।

pakrau

बैदेशिक रोजगार विभागबाट लाईसेन्स खारेज भैसके पनि गैरकानुनीरुपमा मानिसहरुलाई बिदेश पठाएको अभियोगमा खोजि रिक्रुटमेन्ट सर्भिसेज प्रालि र द रिभर ओभरसिज प्रालिको नामवाट गैर कानूनी रुपमा मानिसहरुलाई विदेश पठाउदै आएक तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई दाङ प्रहरीले नियन्त्रणमा लिएर आबस्यक कार्वाहीका लागि बैदेशिक रोजगार बिभाग काठमाडौमा पठाएको थियो ।

बिभागले नारायणबहादुर अधिकारी र दिवाकर पाण्डेलाई जनही ५० हजार र चन्द्रबहादुर घर्तीलाई एक लाख धरौटी माग गरेकोमा सबैले माग बमोजिमको धरौटी बुझाई तारेखमा दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।