रोल्पा १४ साउन ।  जिल्ला अदालत रोल्पाले गएको वर्षमा २ सय ३७ वटा मुद्दा फर्छयौट् गरेको जनाएको छ । अदालत रोल्पाले आज आर्थिक बर्ष २०७२/०७३ को विवरण तथा आगामी कार्ययोजना सार्बजानिक गर्दै एक वर्षको अवधिमा जम्मा ३ सय २३ वटा मुद्दा मध्ये ७५ प्रतिशत मुद्दा फछर्छयौट् गरेको जनाएको हो ।

Rolpa-hamrakura.jpgजिल्ला न्यायाधिश कमलप्रसाद ज्ञवालीका अनुसार जिल्ला अदालत रोल्पाले लक्ष्य अनुसार नै मुद्दा फछ्यौट भएको छ । बाँकी ८६ वटा मुद्दा मध्ये ४ वटा एक वर्ष नाघेका रहेको र ८२ वटा एक वर्षभित्रका रहेको न्यायाधिश ज्ञवालीले जानकारी दिनुभयो । रोल्पामा गत आर्थिक वर्षमा सबैभन्दा बढी सम्बन्ध विच्छेद्को मुद्दा दर्ता भएका छन् । कुल ३ सय २३ मध्ये सम्बन्ध विच्छेद्को मात्र १ सय ४७ वटा मुद्दा रहेको अदालतको तथ्याङकले देखाएको छ ।

सम्बन्ध विच्छेद्का १ सय ४७ मध्ये १ सय २० वटा मुद्दा फछर्यौट भएको र २७ वटा बाँकी रहेका छन् । रोल्पामा बालविवाह गर्ने प्रचलन अँझै विद्यमान हुनु र त्यसपछि सम्वन्ध विच्छेद गर्दा यस्ता घटनाहरु बढेको जिल्ला न्यायाधिश ज्ञवालीले बताउनुभयो ।

सम्बन्ध विच्छेदका मुद्दा मध्ये धेरै जसो बाल विबाह र वैदेशिक रोजगारीको कारण हुने गरेको न्यायाधिश ज्ञवालीको तर्क थियो । अदालतले चालु आर्थिक वर्षमा २ सय ५० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।।