सल्यान १४ साउन । सल्यानको शारदा नदि र कुपिण्डे तालको सौन्दर्यता केही बर्ष पछि हराउदै जाने तर्फ सरोकारवाला चिन्तित बनेका छन् । कुपिण्डेको बस्तीलाई व्यवस्थीत गर्न र शारदाको आसपासमा रहेका शहरी बस्तीबाट निस्कने फोहरको व्यवस्थापन गर्न नसके दुवैको सौन्दर्यता हराएर जाने भन्दै उनीहरुको भनाई थियो ।
त्यसपछि मानव जिवनमा समेत प्रभाव पर्ने शारदा नदी, कुपिण्डेताल तथा गैर काष्ठ वन पैदावारको व्यवस्थापन र संरक्षण योजना सम्बन्धमा भएको समन्वय कार्यक्रमका सहभागीले बताएका हुन् ।
युएनडिपीको सहयोग तथा पास नेपालको आयोजनामा हालै भएको कार्यक्रममा सल्यानको खेतियोग्य जमिनलाई सिचाई गर्दै रुकुमको सिमाना खौलाबाट कालिमाटी काल्चे सम्मको हजारौ रोपनी जमिनलाई सिचाई गरी उत्पादनमा सहयोग गर्दै आएको शारदा नदिको संरक्षणमा अहिले देखिनै जुट्नुपर्ने सहभागीहरुकाने भनाइ थियो ।।