तुलसीपुर १४ साउन । प्यूठानका वाढी र पहिरो पिडितलाई दाङको तुलसीपुर बाट राहात सामाग्री पठाइएको छ । नेपाली सेनाको श्रीमती संघ, रोटरी क्लव डिस्ट्रिक ३२९२ ले वाढी पिडितका लागि विदेशवाट आएको राहात सामाग्री नेपाली सेनाको समन्वयमा प्यूठानका पिडित समक्ष पु¥याइएको हो ।
rhat
फाइल तस्वीर

त्यस्तै रोटरी क्लव अफ तुलसीपुर सिटी, तुलसीपुर स्थित सेनाको १९ नम्वर बाहिनी र सेनाको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतवाट संकलन भएको ड्राईफुटहरु वाढी र पहिरो पिडितलाई पु¥याइएको हो । जसमा चाउचाउ, विस्कुट, च्यूरा, दालमोट लगायतका खाद्यान्न प्यूठान पठाइएको छ । नेपाली सेनाको श्रीमती संघ र रोटरी क्लव डिस्ट्रिक ३२९२ ले वाढी पिडितका लागि विदेशवाट प्राप्त सहयोग मध्ये १ सय २५ घर परिवारका लागि प्याकेजमा चामल, कम्बल, दाल, जीवन जल , भाँडावर्तन, त्रिपाल र टर्चलाईट उपलब्ध गराएको छ ।

तयारी खानामा वाढी पहिरो पिडित १ सय २५ परिवारलाई प्रतिपरिवार ६ प्याकेट चाउचाउ, ५ प्याकेट विस्कुट वितरण गरिने छ । त्यस्तै विदेशवाट आएको सहयोगमा कम्मल , भाँडावर्तन, त्रिपाल समान १सय२५ वितरण गरिने छ । त्यस्तै मिनरल वाटर, २० केजी चामल , २ केजी दाल, २ केजी नुन उपलब्ध गराइएको १९ नम्वर वाहिनीका बाहिनी पति एर्व जर्नेल पाण्डेले जानकारी दिनुभयो । सुर्खेतवाट आएको नेपाली सेनाको हेलिकप्पटरमा प्रितनापती सम्शेर ठाकुराठीको नेतृत्वमा तुलसीपुरवाट संकलित राहात प्यूठानका पिडितकालागि शुक्रवार विहान पठाइएको हो ।