रोल्पा १४ साउन अबैद्य सम्बन्धबाट जन्मेको बच्चा हत्या गरि गाडेको आरोपमा रोल्पा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले जंकोट–७ दमाकुर की ३० वर्षीया दलसरी डाँगी र जंकोट–३ तल्लो जंकोटका ३९ वर्षका सुकविर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

hatyaदलसरीकी सासु झुलमती डाँगीले प्रहरीमा उजुरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । गत असार २९ गते अवैध बच्चा जन्माएर फालेको उजुरी आएपछी प्रहरीले खोजबिन गर्दा घर नजिकै नुनथला भन्ने स्थानमा गाडेको अवस्थामा मरेको बच्चा फेला परेको प्रहरीले जनाएको छ ।

दलसरीलाई गत साउन ९ गते र सुकविरलाई साउन १२ गते घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध जिल्ला अदालत रोल्पामा ज्यान सम्बन्धी मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।।