काठमाडौँ, साउन १४ गते ।  पछिल्ला केही वर्षमा बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापन लगायतमा भएका सुधारले नेपाल सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने विश्वकै एकमात्र राष्ट्र हुने सङ्केत देखा परेको छ । सन् २००९ मा रुसमा भएको विश्वका राष्ट्रप्रमुखहरूको महासम्मेलनमा सहभागी राष्ट्रहरूले सन् २०२२ सम्ममा आफ्ना देशमा भएको सङ्ख्याको दोब्बर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालमा तत्कालीन अवस्थामा बाघको सङ्ख्या १२५ रहेको थियो । यसको आधारमा सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन २५० पु¥याउनुपर्ने हुन्छ । सन् २०१३ को बाघको गणनामा बाघको सङ्ख्या १९८ पुगेको थियो ।

Tiger

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यको भनाइमा हाल आएर यस सङ्ख्यामा वृद्धि भई २१० को हाराहारीमा पुगेको हुनसक्छ । पछिल्लो पटक बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लफाँटा वन्यजन्तु आरक्षमा पनि बाघको बासस्थानका सुधार तथा आहारको व्यवस्थापन हुनुले नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो । बाघ विज्ञ डा। झमक कार्कीका भनाइमा पनि पछिल्ला वर्षमा नेपालले शून्य शिकार वर्ष सम्पन्न गरेकोले बाघ लगायतका अन्य महत्वपूर्ण वन्यजन्तुको सङ्ख्या तुलानात्मक रूपमा वृद्धि भइरहेको छ ।

नेपालमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२१ वटा रहेको रेकर्ड गरिएको छ । त्यसपछि बर्दिया र शुक्लाफाँटामा बाघको बासस्थान मानिन्छ । नेपालमा पाटे ९रोयल बङ्गाल टाइगर० प्रजातिका बाघ पाइन्छन् । बाघले आफ्नो आहारका रूपमा बँदेल, बाह्रसिङ्गा, मृग, अर्ना लगायतका जङ्गली जनावरलाई प्रमुख रूपमा लिने गर्छ । बाघको आहार प्रजातिका वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि भइरहेको विभागले जनाएको छ । महानिर्देशक आचार्यले बाघ संरक्षणका लागि सरकारले पाँचवर्षे विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।।