काठमाडौँ, १४ साउन ।  नेकपा माओवादी केन्द्रले आगामी सरकारमा समावेशी र समानुपातिक मापदण्डका आधारमा मन्त्री बनाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन धेरै नेताले इच्छा व्यक्त गरेपछि माओवादी केन्द्रले समावेशी, समानुपातिक, योग्यता, क्षमता र दक्षताको आधारमा मन्त्री बनाउने भएको हो ।

perisdanda-UCPN_815132376माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रचण्डले नेतृत्व गर्ने सरकारमा पठाउने मन्त्रीहरू क्षमता, दक्षता तथा योग्यता भएकाहरू हुनुपर्ने निर्णय गरेको हो । माओवादीभित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि केन्द्रले समानुपातिक, समावेशी, योग्यता तथा क्षमताको विषयलाई उठाएको बुझिएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा पठाउने मन्त्रीहरूबारे बैठकमा छलफल भएको जानकारी दिँदै ककसलाई मन्त्री बनाउने भन्ने टुङ्गो अझै लागि नसकेको बताउनुभयो ।।