तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले खानेपानी समस्या समाधानकालागि नागरिक र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने बताउए ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले तुलसीउपमहानगरपालिका स्तरिय भेलालाई सम्बोधन गर्दै मेयर खड्काले खानेपानी समस्या समाधानका लागि स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने बताए । ‘खानेपानीको समस्या विकराल बन्दै छ’ उनले भने, ‘समस्या समाधानका लागि हामी एक्लैले केही गर्न सक्दैनौँ । यसमा नागरिकले पनि हामीलाई साथ दिन जरुरी छ ।’

खानेपानीको मुहान संरक्षण गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिंदै उनले जंगल फडानी र आगलागी नै खानेपानीका मुहान सुक्नुको कारण भएको बताए । पानीका स्रोत जोगाउन जंगल फडानी र आगलागी रोक्नुका साथै बर्खाको पानी संचित गरी ड्याम निर्माण गर्नुपर्ने उनको भनाई थियो ।