इन्द्रेणी संवाददाता

दाङ, १९ जेठ । दाङ घोराही १८ घोरदौडामा विशाल मन्दिर निर्माण गरिने भएको छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको घोरदौडामा इतिहास जोगाउन तथा पर्यटकहरुको आकर्षण बढाउन मन्दिर निर्माण गर्न लागिएको घोरदौडा मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष दिपक नेपालीले जानकारी दिए ।

दैनिक दर्जनौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने घोरदौडामा परापूर्व कालमा रहेको शिव पार्वती मन्दीरलाई पुन: निर्माण तथा स्थानिय पुर्खाले पूज्दै आएको भुइयार थान निर्माण्को समेत पुन: निर्माण गरिने स्थानिय स्थानिय तेज बहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार मन्दिर निर्माण गर्न तथा घोरदौडालाई उत्कृष्ट पर्यटकिय गण्तव्य गराउन स्थानीय दिपक नेपालीको अध्यक्षतामा एक समिति गठन गरिएको छ ।

साथै घोरदौडा गाउँमा आगन्तुक पर्यटकहरुको जानकारीका लागि होडिङ बोर्ड तथा गाउँमा डस्टबिन समेत राखिने अध्यक्ष नेपालीको भनाइ रहेको छ । त्यसका लागि जिल्लाका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सौजन्य मागिने समेत नेपालीले बताए ।